Incident Reports

हेटौडा बजारमा ट्राफिकको हेलमेत् आतंक

2016-09-15

Bagmati, Makawanpur, Hetauda, Ward 10

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा बजार क्षेत्र पार्किंग गरि राखेको मोटरसाइकलको हेलमेत जफत गर्ने क्रममा विहिबार झडप भएको छ । हेटौडा-१० स्थीत् कृषि विकास बैंकमुनिको क्षेत्र मोटरसाइकल पार्किंग गरेर राखिएको अवस्थाका मोटरसाइकलको हेलमेट ट्राफिक प्रहरीले जफत गरेसंगे सर्वसाधारण र प्रहरी तथा ट्राफिक प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले झडपको क्रममा प्रहरीमाथि हातपात गर्ने एकजनालाई पक्राउ गरेको छ भने एकजना फरार जनाएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर थापाले भने आफूमाथि सर्बसाधारणले हातपात गरेसंगे झडपको अवस्था सिर्जना भएको दाबी गरेका छन । ट्राफिक प्रहरीले फूटपाठ क्षेत्रमासवारी पार्किंग र चलाउनेको संख्या बढेको भन्दै हेटौडाको बुधचोकदेखि भुटनदेवी मन्दिर जनेमोदसम्मको फुटपाथ क्लियर गर्ने क्रममा दिनभरजसो हेटौडा बजार क्षेत्र प्रहरी र हेलमेट पिडितको भनाभनले रमिते बनाएको थियो । सधै पार्किंग गर्ने क्षेत्रमा हामीले सवारी पार्किंग गरेका थियौ । तर प्रहरीले नो-पर्किंग एरिया भन्दै हेलमेट लैजाने काम गरेपछि हामीले हेल्मेट दिन आग्रह गर्दा कारवाही हुन्छ भनेर हामीमाथि हातपात गर्ने काम भयो, मालामुका प्रोप्राइटर तथा पिडित माणिकलाल मोक्तानले भने । प्रहरी दादागिरी सैलिमा प्रस्तुत भए हामीमाथि हातपात गर्यो । सदाझै लुत्नेदेखी हावा खोल्नेसम्मका काम प्रहरीबाट भयो, उनले भने । हेटौडा बजारक्षेत्रका अधिकांस हेल्मेट पिडितहरुले ट्राफिक प्रहरीले पूर्वसुचना नदिएको र एकपटकलाई सम्झाउने काम नगर्दा यस्तो अवस्था सिर्जना भएको बताईरहेका छन । चाडपर्व नजिकिएसंगै हामीले बजारको चापलाई मध्यनजर गर्दै बजार क्षेत्रको पार्किंगलाइ व्यवस्थित गर्ने कोसिस गरेको हौं । हामी कार्यन्वयन गर्ने निकाय हौं । ट्राफिक प्रमुख थापाले करिब २० दिन अगाडीबाट यो अभियान सुरु भएको र बजार क्षेत्रमा पहिलो चरणमा माइकिङ्गमार्फत जानकारी समेत गरइयको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments