Incident Reports

Ritambhara: Khajura residents gherau DDC Office

2016-09-18

Lumbini, Banke, Janki

Residents of Khajura staged sit-in before the District Development Committee (DDC) Office in protest against the decision of political parties to merge Raniyapur, Sonpur, Udarapur, Bageshwori, Sitapur and Radhapur and name it "Amar" village unit. The villagers accused political parties of trying to erase the history of socially and culturally significant Khajura area by naming the village unit "Amar". Submitting a memorandum to the Local Development Officer the villagers have warned the political parties to correct the name to something that reflects Khajura. Rastriya Jana Morcha and Baidhya Maoist are also against the restructuring and naming of local level. Rastriya Jan Morcha conducted a press release on Saturday and said that the proposal of some political parties about regarding the local level restructuring is unpractical and they do not support it. Similarly Baidhya Maoist also submitted memorandum to Chief District Officer (CDO), Ravilal Panta stating that their party do not support the decision related to local level restructuring. नेपालगंज -एतिहासिकतालाई मेटेर लडाकुको गौपलिकको नाम प्रस्ताव गरिएको भन्दै खजुरा बासीले विरोध जनाएका छन् । राजनीतिक दलको बैठकले सिमांकनसंगै नामाकनको विषय टुंगो लगाएपछि नामकरणमा एकपक्षिय भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । राजनीतिक दलले स्थानीयको भावना विपरित गाउपालिकाको नामाकारण गरेको भन्दै खजुरा क्षेत्रका बासिन्दाले आइतबार जिल्ला विकास समितिको कार्यालय घेराउ गरेका छन् । राजनीतिक दलले रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर जोडेर 'अमर ' गाउपालिका बनाउने सहमति निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् । भौगोलिक र सांस्कृतिक हिसाले सिमाकन ठिकठिकै भएपनि नाम पटक्कै नमिलेको खजुराका किरण ढकालले बताए । उनले राजनीतिक दलका नेताले हचुवाको भरमा गरेको निर्णय खेदजनक भएको समेत बताए । उनले खजुरा क्षेत्रको एतिहासिक पहिचान मेटाउने गरी राजनीतिक दलका केहि नेताले गाउपालिकाको नामाकारण गरेको बताउदै निर्णय गर्नेहरु राजनीतिक रुपमा अदुरदर्शी देखिएको बताए । एतिहासिक पहिचान, प्राकृतिक, धार्मिक वा राष्ट्रिय विभूतीको नामबाट गाउपालिकाको नामकरण गर्न स्पष्ट व्यवस्था हुदाहुदै राजनीतिक दलले आफूखुशी नाम राखेका कारण विरोध भयो, उनले भने, 'खजुरा क्षेत्रको नाम मेटाउने दुस्प्रयास भएको छ , निर्णय नसच्याइए नामकरण गर्ने राजनीतिक दलका नेताको राजनीतिक इतिहास नै समाप्त हुनेछ ।' रानियापुर, सोनपुर, उढरापुर, बगेश्वोरी, सीतापुर र राधापुर गाविस जोडेर बन्ने 'अमर' गाउपालिका नाममात्र नभई केन्द्र पनि उपयुक्त नभएको खजुराका स्थानीय लेखनाथ सापकोटाले बताए । उनले यी गाविसलाई जोडेर बन्ने गाउपालिकाको नाम खजुरा र केन्द्र सोनपुर गाबिस-४ मा बनाउदा उपयुक्त हुने बताए । पहिले खजुरा नगरपालिका बनाउने सहमति भएको जानकारी दिदै उनले पछि विवाद ल्याउने काम गरिएको बताए । उनले अमर गाउपालिका बनाउने निर्णय गलत भएको समेत बताए । 'खजुरा क्षेत्रलाई नगरपालिका बनाउने अभियानका बेला ६ वटा गाविसलाई जोडेर खजुरा नगरपालिका बनाउने सहमति भएको थियो, अहिले आएर कहाबाट अमर गाउपालिकाको कुरा आयो ?', उनले भने, 'खजुरा गाउपालिका बनाउदा सबैलाई मान्य हुने र विवाद नहुने हुन्छ । खजुराका व्यवसायी रोशन सापकोटाले अमर गाउपालिका प्रस्ताव गर्ने निर्णय अमान्य रहेको बताए । उनले सो निर्णय सच्याउन समेत आग्रह गरेका छन् । एमाले बाँकेका सदस्य एवम् बागेश्वरी गाविस इन्चार्ज शतिष निरौलाले कुनै व्यक्ति विशेषको नाममा गाउपालिकाको नाम स्वीकार्न नसकिने बताए । उनले अमर गाउपालिका नामकरण गरेकोमा खजुराबासीको घोर आपत्ति भएको समेत बताए । उनले गाउपालिकाको केन्द्र कपास विकास समितिको चोक देखि बिपी स्मृति प्रतिक्षालयको जुनसुकै ठाउमा पनि राख्दा सबैलाई पायक पर्ने बताए । 'एतिहासिक पहिचान जोगाउनका लागि पनि खजुरा गाउपालिका नामकरण गरिनुपर्छ, कुनै व्यक्ति विशेषको नाम स्वीकार्य हुदैन,'उनले भने । खजुरा क्षेत्रका बासिन्दाले प्रस्तावित नाम फिर्ता लिन माग गर्दै स्थानीय विकास अधिकारीलाई ज्ञापन मात्र बुझाएका छन् भने निर्णय नसच्याए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी राजनीतिक दललाई दिएका छन् । 'दलले निर्णय नसच्याए उनीहरुका विरुद्ध आन्दोलनमा उत्रिनछौ,' निरौलाले भने । खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माले गाउपालिकाको नाम नसच्याएमा जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । 'हामी सो निर्णय नसच्याए जस्तोसुकै बलिदान दिन तयार छौ,' अध्यक्ष विश्वकर्माले भने । आधुनिक युवा संजालका अध्यक्ष तिलक वीर सुनारले युवाले खजुराको ऎतिहसिकता मेटाउने कुराको विरुद्ध आन्दोलनको आधिवेरी ल्याउने बताए । नामकरणको विषयलाई लिएर आइतबार खजुरा बजार दिउसो दुई बजेसम्म बन्द गरिएको छ । राष्ट्रिय जनमोर्चा र वैध माओवादीले पनि स्थानीय तहको पुनर्संरचना र नामकरणमा सहमत नभएको भन्दै विरोध जनाएका छन् । राजमोले शनिबार विज्ञप्ती जारी गरी राजनीतिक दलका केहि नेताले गरेको स्थानीय तहको पुनर्संरचना प्रस्ताव अव्यवहारिक भएको भन्दै आफ्नो पार्टीको सहमति नभएको जनाएको छ । वैध माओवादीले आइतबार प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापन पत्र बुझाउदै स्थानीय तहको पुनर्संरचनामा आफ्नो दलको सहमति नभएको स्पष्ट परेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis