Incident Reports

JanaBidroha: Demonstration organized against inflation and black marketing

2016-09-26

Province 1, Morang, Biratnagar

Netra Bikram Chand "Biplov" led Maoist party has organized demonstration in Biratnagar on Monday in protest of inflation and black marketing. Cadres of the party chanted slogans against the government during the demonstration. They have urged the government to provide ration to the citizens in subsidized rate. नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओबादी)ले केन्द्रिय संघर्षको कार्यक्रम अन्तर्गत सोमबार देशभर बिरोध प्रदर्शन गरेको छ। खाद्य सम्प्रभुता एवं जनजीविकाको बिषयलाई लिएर केही समय अगाडी देखि माओबादीले बिरोधका कार्यक्रम गर्दै आएको छ। सोहि कार्यक्रम अन्तर्गत विप्लव माओबादीले विराटनगरमा पनि प्रदर्शन गरेको छ। प्रदर्शनमा माओबादी कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन्। जनतालाई सहुलिय मुल्यमा उपभोग्य खाद्य सामग्री सहज रुपमा वितरण गराउनुपर्ने उनीहरुको माग छ। देशका केही व्यापारीले कालोबजारी गर्ने र महंगी बढाउने प्रति सरकार मुकदर्शक बनेको भन्दै यसप्रति आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने माओवादी कार्यकर्ता कुमार खतिवडाले बताउनु भयो। जनताको जीवन संग जोडिएको र स्वास्थ्य संग प्रत्यक्ष जोडिएको विषयबस्तु भएको हुँदा यस प्रति गम्भीर बन्नुपर्ने उनको भनाइ छ। सोहि कार्यक्रममा बिप्लव माओबादीले पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्याँस र खाली सिलिण्डरको लागत मूल्य तथा विक्री मूल्यको अन्तर सार्वजनिक गरेको छ। पर्चामा उल्लेख भएअनुसार सरकारले पेट्रोलमा आझै ४८.४७ रुपैया बढी मूल्य सर्वसाधारण बाट असुल गरेको उल्लेख छ। त्यस्तै डिजेलमा २४.४, मट्टीतेलमा २६.४८, एलपी ग्याँसमा प्रति सिलिण्डर ३ सय ७८ र खाली सिलिण्डरमा १३ सय रुपैयाँ बढी महँगोमा बिक्रि गरिरहेको पर्चामा उल्लेख गरिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments