Incident Reports

दसैं मेला हेर्न गएका बालकको हत्या

2016-10-06

Madhes, Parsa, Birgunj, Ward 14

वीरगन्जमा एक बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस वडा नम्बर ८ भलुही निवासी विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो । अध्ययनका लागि वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाइमा अवस्थित काका बृजकिशोर पटेलसंगै बस्दै आएका राजनको शव वीरगन्ज चिनिमिल आवास क्षेत्र भन्दा पश्चिम जाने बाटोमा बिहिबार बिहान फेला परेको हो । मृतक बालकको आखाँ, पेट र हातमा धारिलो बस्तुले प्रहार गरेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बुधबार साँझ ६ बजे तिर आफना साथीहरुसंग दसैंको मेला हेर्न घरबाट निस्केका राजन राति अबेरसम्म पनि घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरीले रातभरी खोजी गर्दा पनि फेला नपरेका राजन बिहिबार बिहान मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषि ढुंगानाले बताए । शव नजिकै खेलौना समेत भेटिएको उनले जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।यसैबिच प्रहरीले अनुसन्धानका लागि बुधबार साँझ राजनसंग मेला हेर्न गएका दुइ जना बालकलाइ नियन्त्रणमा लिएकोछ । उनीहरुको परिचय भने खुलाएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ढुंगानाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments

Related Reports