Incident Reports

उपोभोक्तावदिदद्वारा प्रशसनको अनुगमन् बहिस्कार्

2016-09-29

Bagmati, Makawanpur, Hetauda

हेटौडा १३ अशोज, मकवानपुरमा रहेका ३ उपभोक्तावादी संस्थाले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा बिहिबार भएको अनुगमन वहिस्कार गरेको बताएका छन् । संयुक्त बिज्ञप्ति जारी गर्दै ३ उपभोक्तावादी संस्थाले प्रशासनको अनुगमन केवल झारा टार्ने काम भएको भन्दै वहिस्कार गरेको बताएको हो। बजार नियमित अनुगमन नहुदा मकवानपुरको बजार तहसनहस भै उपभोक्ता ठगिरहेको बताउदै उनीहरुले एकैदिनको बजार अनुगमन लाखौ रुपीयाका अखाद्य बस्तुहरु भेट्दा पनि प्रशासनले कारबाहीको लागि सक्रीयता नदेखाएको उपभोक्ता संस्थाका प्रतिनिधिको आरोप छ। दैनिक लिखित तथा मौखिक उजुरीका आधारमा बजार अनुगमन गर्न बाध्य भएको प्रसाशन फेरी अर्को दिन हुने अनुगमनमा अचानक कडाई नगरी देखावटी रुपमा माथिल्लो निकायलाई कागजी मिसिल मिलाउन मात्र खोजेको झैँ देखिएकाले बिहिबार भएको अनुगमन वहिस्कार गरेको उपभोक्ताहित संरक्षण मंच, राष्ट्रिय उपभोक्ता मंच र उपभोक्ता मंच मकवानपुरका प्रतिनिधिद्वारा हस्ताक्षरित बिज्ञप्तिमा चर्को मूल्य नियन्त्रण हुने गरि मिसावटरहित स्वच्छ बस्तु खरिद गर्ने अधिकारबाट उपभोक्तालाई बिमुख गराउने र कालोबजारी तथा ठगिलै प्रसय हुने गरि अनुगमनको के अर्थ? भन्दै प्रश्न गरिएको छ।
Local Newspaper - Makwanpur

0 Comments