Incident Reports

सिरहामा स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, ३ प्रहरी घाइते, एक मोटरसाइकल जलाइयो

2016-10-08

Madhes, Siraha, Siraha, Ward 16

प्रहरीलाई कुटपिट र मोटरसाइकलमा आगजनी गरेको आरोपमा ४ जना पक्राउ वडा प्रहरी कार्यालय ‘ख’ सिरहाका प्रमुखलगायत तीन जना प्रहरीलाई कुटपिट गरि मोटरसाइकलमा आगजनी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । सिरहा २ का २५ बर्षीय बली भन्ने बलीराम यादव, सिरहा १ का १९ बर्षिय शिबराज यादव, सोही ठाउँका २० बर्षिय सुरेन्द्र कुमार महाशेठ र ५६ बर्षीय मौने दासलाई प्रहरीले पक्राउ गरेका हुन् । मोटरसाइकल जलाउने स्थानीय अशोक यादव र उनका भाइ रकी दादा भन्ने दिपेन्द्र यादवको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । स्थानीय र प्रहरीबीच भएको झडपमा शनिवार राती प्रहरी नायब निरीक्षक बिरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चित नारायण माझी र प्रहरी हबल्दार रामकुमार यादव घाइते भएका थिए । टाउकोमा इटा प्रहारबाट नसा काटिएर गम्भिर घाइते भएका प्रहरी सहायक निरीक्षक माझिको बिराटनगरस्थित न्यूरो होस्पिटलमा उपचार भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । प्रहरीको कुटाइबाट घाइते भएका सिरहा २ का मूलहीदेवी यादवलगायत दुई जना प्रहरी उपचारपछि निको भएर गइसकेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । ‘सिरहा २ स्थित किराना पसल संचालक रामदेव यादवको पसलमा लुटपाट गर्दै सिरहा १ का आकाश यादवलगायतका युवाहरुले कुटपिट गरिरहेको खबर आएपछि प्रहरी नायब निरीक्षक यादवको टोली तत्काल घटनास्थल पुगेका थिए’, प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘प्रहरी टोलीले रामदेव यादवलगायत स्थानीय तीन जनालाई पक्राउ गरेकोले उनीहरुको परिवारजनले आकाशको समूहसंग प्रहरीको मिलेमतो रहेको भन्न ठानेर आक्रोशित भएकोले घटना भएको हो ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports