Incident Reports

श्रीमतीको हत्याः श्रीमानसहित परिवारका ६ जना पक्राउ

2016-10-08

Province 1, Udayapur, Chaudandigadhi

उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको हत्यापछि परिवारका सबै सदस्य पक्राउ परेका छन् । कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएको थियो । हत्याको विषयमा छानबिनका लागि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर भाउजुको हत्या गरेको परिवारको दाबी छ । भाउजुको हत्या गरेर बिष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको छ । भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप माइती पक्षले लगाएपछि परिवारका सबै सदस्यलाई अनुसन्धानका लागि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टाले बताएको छ । राजेन्द्रका घरपरिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए । यता बिष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजुको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ । भीमकुमारीको हत्यामा को को संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments