Incident Reports

बाख्रा चराउन गएकी महिलामाथि सामुहिक बलात्कारको प्रयास

2016-10-12

Madhes, Parsa, Haripur, Ward 1

पर्साको बागवाना गाविसमा एक महिलालाई स्थानीय दुई युवकले बलात्कारको प्रयास गरेको सार्वजनिक भएको छ । बागवना गाविस ९ गुलरीया गाँउकी २८ बर्षीया महिलालाई गत बुधबार साँझ बलात्कारको प्रयास गरेको प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । गाँउ नजिकैको मेघा खोलामा बाख्रा चराएर घर फर्किरहेकी महिलालाई साँँझ ६ बजे तिर गाँउकै रामशरण माझी र वीरबहादुर रामले जबरजस्ती नियन्त्रणमा लिएर लछारपछार गर्दै बलात्कार गर्न खोजेका थिए । महिलाले होहल्ला गर्दै गुहार मागेपछि गाँउले आएको देखेपछि माझी र राम भागेका थिए। ‘घर फर्कदै गर्दा दुईजनाले अचानक समातेर मुख थुुने अनि लछारपछार गर्दै लुगा फुकाल्न थाले, त्यसपछि मैले चिच्याउदै गुहार मागेँ’, पीडित महिलाको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यम बहादुर गुरुङले भने ,‘ गाँउले आएको देखेपछि दुवैजना मलाई छोडेर भागे ।’ आरोपित मध्येका वीरबहादुर रामलाई प्रहरीले पक्राउ गरिसकेको छ । अर्का आरोपित रामशरण माझी भने फरार छन् । माझीको खोजी भइराखेको प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटटराइले बताए । पिडित महिलालाई स्वास्थ्य परिक्षणका लागि बिहीबार साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ । पक्राउ परेका रामलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भटटराइले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments