Incident Reports

तुलसीपुर कारागारमा कैदीहरुबीच कुटाकुट

2016-10-12

Lumbini, Dang, Tulsipur

दाङको तुलसीपुर कारागारमा कैदीहरुकाबीचमा कुटाकुट भएको छ। झडपले उग्ररुप लिएपछि केही कैदीहरुलाई देशका विभिन्न भागमा स्थान्तरण समेत गरिएको छ। मोवाईलको मेमोरीको विषयलाई लिएर कैदीहरुका विचमा झडप भएको तुलसीपुर कारागारका सूचना अधिकारी रेस्मि अधिकारीले जानाकारी दिए । दशैंमा रमाईलो गर्ने र गीत सुन्न विषयमा मेमोरी आ–आफ्नो भएको दाबीले कैदीहरुका विचमा विवाद भएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । यो झडप असोज २६ गते भएको भएपनि कारागारले हालै १२ जना झगडालु कैदीहरुको स्थान्तरण गरेको हो । कारागार व्यबस्थापन विभागको सिफारिसमा शनिबार देशका विभिन्न स्थानमा पाँच कारागारमा उनीहरुलाई सारिएको कारागारका सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौंको केन्द्रिय कारागार कार्यालय सुनधारामा दुई जना, डिल्लीबजार कारागारमा जना , ललितपुरको नख्खु कारागारमा एक जना, मकवानपुरको भिमफेदी कारागारमा चार जना र नवलपरासी कारागारमा तीन जनालाई स्थान्तरण गरिएको हो । दशैंमा मेमोरीको कारणले उत्पन्न विवाद झनै चर्कदै गएको र त्यसले कारागार भित्रको वातावरणमै प्रभाव पारेकोले १२ जना झगडालुहरुलाई स्थान्तरण गरिएको जानकारी दिइएको छ । तुलसीपुर कारागारमा एक सय २५ जना सम्म कैदीबन्दी राख्ने क्षमता छ । तर, उक्त कारागारमा हाल दुईसय बढी कैदीबन्दी राखिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis