Incident Reports

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2009-01-01

Lumbini, Bardiya, Badhaiyatal, Ward 5

बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए । सोरहवा गाविस-९ स्थित मानखोलाको जङ्गलमा ०६५ वैशाख १६ गते एक महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो । प्रहरीका अनुसार घटनापछि आरोपित बुढामगर फरार रहेका थिए । सो मुद्दामा बर्दिया जिल्ला अदालतले आरोपितलाई दोषी ठहर गर्दै ०६६ जेठ २३ गते चार वर्ष आठ महिना चौध दिन कैद सजायको फैसला सुनाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
INSEC

0 Comments