Incident Reports

एसएसबीद्वारा दुर्व्यबहार

2016-10-04

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी, १७ असोज दशैका लागि किनमेल गरेर गौरीफन्टाबाट फर्किरहेकी महिला माथि भारतीय एसएसबीले दुर्व्यबहार गरेको छ । मंगलबार गौरीफन्टाबाट समान किनेर धनगढी फर्किरहेकी महिलाहरुको समूहलाई एसएसबीले दुर्व्यबहार गरेको हो । चिनी, तेल, आलु लगायतका घरका लागि प्रयोग गर्ने समान ल्याएर आइरहेकी महिलाहरुलाई पेशा मागेको र पैसा नदिएकाले दुर्व्यबहार गरेको धनगढी क्याम्पस रोडकी रेखा रोकायाले बताईन । उनले घरमा प्रयोग गर्नका लागि ल्याएको थोरै सामानको पनि एसएसबीले पैसा माग्ने गरेको र आफुहरुले पैसा दिन नमानेपछि दुर्व्यबहार गरेको बताईन । १५-२० जनाको समुहमा रहेकी सबै महिलालाई रोकेर प्रत्येकलाई ३/४ सय रुपैया दिन भनेको उनले बताईन । केही दिन यता दशैँका लागि गौरीफन्टा, बनगाउ समान किन्न जानेको निकै घुइचो लागेको र यहि मौकामा भारतीय एसएसबीले पैसा अशुल्ने गरेको त्यहाबाट समान किनेर फर्कनेहरू बताइरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments