Incident Reports

प्रदूषित पानी खोलामा बगाएपछि स्थानीयद्वारा प्रदर्शन ।

2016-10-16

Madhes, Bara, Jitpur Simara, Ward 6

बारा, गढीमाई नपा–८ स्थित तीनवटा उद्योगले प्रदूषित पानी श्रीसिया खोलामा बगाउदै आएकोमा यसको विरोध गर्दै स्थानीय जनताले आज प्रदर्शन गरेको छ । राजेश मेटल प्रालि, केवी साम आल्मुनियम प्रालि र शिवशक्ति घ्यु उद्योग अगाडि सयौंको सङ्ख्यामा स्थानीयले प्रदर्शन गरी विरोध जनाएका छन् । स्थानीय राजु यादवका अनुसार २०७१ साउन १२ गते सोमवारका दिन स्थानीय र कम्पनी व्यवस्थापकबीच खोलामा प्रदूषित पानी नफाल्ने सम्झौता भए तापनि कार्यान्वयनमा सम्बन्धित उद्योगले चासो नदेखाई आज पुनः छातापिपरा आसपासका ५ गाविसका जनता आएर प्रदूषणयुक्त पानी खोलामा नफाल्न विरोधस्वरूप प्रदर्शन गरेका हुन् । अर्का स्थानीय रामधनाइ बछारले कम्पनीहरूले तेजाबयुक्त पानी खोलामा फाल्दा खोला प्रदूषित भई पशु, चौपाया तथा बालीनालीलाई समेत असर पारेको गुनासो गरे । खोलामा नुहाउन गएका शिवधारी पासवानको एउटा भैंसी पनि मरेको गाउलेहरूले बताएका छन् । त्यस्तै खोलाको पानीको कारण धेरै किसानको धानबाली नष्ट हुन लागेको उनीहरूको भनाइ छ । स्थानीय उद्योगमा पटक–पटक ताकेता गर्दा पनि प्रदूषण नियन्त्रणको लागि कुनै नया“ प्रविधि वा विकल्प अघि नसार्दा जनता आक्रोशित भएको हो । यसैबीच केवी साम आल्मुनियम कारखानाले खोलामा पानी फाल्न स्थानीय केही अगुवाहरूलाई घूस ख्वाएर पक्की नाला निर्माण गरेकोमा प्रदर्शनकारीले सो नाला भत्काइदिएका छन् । प्रदर्शनपछि गाउ“ले र कारखाना व्यवस्थापकबीच वार्ता भएको थियो । वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको गाउ“लेहरूले बताएका छन् । कम्पनी प्रतिनिधिहरूले मौखिक प्रतिबद्धता जनाए पनि गाउलेहरूले प्रदूषणयुक्त पानी नियन्त्रणको लागि लिखित सहमति खोजेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports