Incident Reports

विराटनगरमा १९ बर्षीय युवकको हत्या

2016-10-17

Province 1, Morang, Biratnagar, Ward 4

हत्याको आरोपमा पाँच पक्राउ बिराटनगर, ३ कार्तिक - साथीको हत्यामा संग्लग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरंगले बुधबार सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले मंगलबार बिराटनगरबाट गिरफ्तार गरेको हो । लागु औषधि प्रयोगकर्ता रहेका उनीहरुबीच सोही विषयमा विवाद हुदा साथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ । बिराटनगर-६ स्थित डिपीएस स्कुल छेउमा बिराटनगर-६ जमुनागाछीका अंकित दाहालको शव कार्तिक १ गते अपरान्ह फेला परेको थियो । प्रहरीले अंकितका साथीहरुलाई बिराटनगर-६ की १८ वर्षीय टाईली भन्ने फुलकुमारी उराव, सोही ठाउका २० वर्षीय डाईलर भन्ने युवराज परियार, १७ वर्षीय टिममा भन्ने सुकदेव उराव, २२ वर्षीय सुरज उराव र १७ वर्षीय हन्टर भन्ने सार्जन खरेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी उपरिक्षक सन्दिप भण्डारीले बताउनुभयो । धानबारीमा दुवै हातखुट्टा डोरीले बाधी पेट तथा घाटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । अंकित गत असोज २८ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको चार दिन पछि उनको शव फेला परेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports