Incident Reports

९२ वर्षीया वृद्धा दुई वर्षदेखि खोरमा

2016-10-17

Gandaki, Lamjung, Besishahar, Ward 10

बाझाँखेत गाविस-८ की ९२ वर्षीया बिवा सार्कीलाई उनका परिवारले दुई वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । घरमा छोरा छोरी र बुहारीहरू भएता पनि बिवा सार्कीलाई घर भन्दा ५० मिटर पर भेडा बाख्रा थुन्ने खोरमा राखेको पाइएको हो । विगत दुई वर्षदेखि खोरमा थुनिएकी बिवाको मानसिक अवस्था ठिक नभएकोले बाध्यताले खोरमा थुन्नु परेको बिवाका कान्छा छोरा ५२ वर्षीय चन्द्रबहादुर सार्कीले बताए । उपचारको क्रममा एकपटक बेशीसहर अस्पतालमा लगिएको बतातउँदै पीडित महिलाका नाति रामकाजी सार्कीले भने-‘त्यसपछि अन्यत्र लान आर्थिक अभावले सकेनौं ।’ घरमा सबैजना मेलापात गर्नुपर्ने भएकोले सुरक्षाको कारण खोरमा राखिएको समेत नाति रामकाजीले बताए । बिवाका दुई जना छोरा र तीन जना छोरी छन् । बिवाले पाउने गरेको सामाजिक सुरक्षा भत्ता नाति रामकाजी सार्कीले लिँदै आएको छोरा चन्द्रबहादुरले बताए । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएतापनि दुइृ वर्षदेखि लमजुङ्की ज्येष्ठ नागरिक भने परिवारबाटै खोरमा थुनिएकी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments