Incident Reports

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

2016-10-02

Madhes, Saptari, Shambhunath, Ward 6

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी साहले कात्तिक २ गते बाँधेर कुटपिट गरी दुर्व्यवहार गरेका छन् । शम्भुनाथ नपा-१ स्थित निमावि खोक्सर प्रवाहामा कक्षा ३ मा अध्ययनरत पीडितले कुरमुरे किन्न गएका बेला कात्तिक २ गते पसलबाट दश रुपियाँ चोरेको आरोप लगाउँदै आरोपितहरूले पीडित बालकलाई विद्यालयबाटै नियन्त्रणमा लिई दुबै हात र पाखुरा पछाडि बाँधेर घाममा लडाएर आधा घण्टा कुटपिट गरेको पीडितले बताए । हात र पाखुरामा डोरीको डाम र शरीरको विभिन्न भागमा चोटपटक लागेका पीडितको स्थानीय क्लिनिकमा उपचार गरेको पीडित बालकका काका अमोद यादवले बताए । पीडितका बुवा विनोदकुमार यादवले जिल्ला बाल कल्याण समिति सप्तरी र महिला तथा बालबालिका सेवा केन्द्रमा कात्तिक २ गते न्यायको माग गर्दै उजुरी समेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments