Incident Reports

बलात्कार गरेको ठहरमा आठ वर्ष कैदको फैसला

2016-07-23

Madhes, Siraha, Siraha, Ward 1

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै पूर्पक्षका लागि थुनामा रहेका सिरहा नपा–१ का २७ वर्षीय जितेन्द्र दासलाई जिल्ला अदालतले कात्तिक २ गते आठ वर्ष कैद र ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । पीडित बालिकालाई ०७२ साउन ७ गते जितेन्द्र दासले बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन ७ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७२ साउन ७ गते जिल्ला अस्पताल सिरहामा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले दासलाई साउन ७ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले आरोपितलाई ०७२ भदौ २ गते पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments