Incident Reports

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

2016-10-01

Province 1, Sunsari, Gadhi, Ward 4

सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए । मृतकका आफन्तले कात्तिक २ गते विराटनगरमा पत्रकार सम्मेलन गर्दै गत असोज १५ गते घटस्थापनाको दिन मृत भेटिएका मण्डलको टाउकोमा चोट लागेको भएपनि इलाका प्रहरी कार्यालय दुहवी सुनसरीले जाहेरी दर्ता नगरेको आरोप लगाएका हुन् । मृतकका साला चन्द्रकिशोर मण्डलले असोज ३० गते प्रहरीकोमा जाँदा अहिले दर्ता गर्न मिल्दैन भन्दै दर्ता गर्न नमानेको आरोप लगाए । घरमै बसिरहेको बेला सोही ठाउँका नटीलाल माझीले खाजा खान जाउँ भनेर लगेको र सँगै बसेर मदिरा सेवन गरेपछि उनको हत्या भएको पीडित पक्षले आरोप लगाएको छ । प्रहरीले पसल सञ्चालक सियाराम चौधरी र उनकी पत्नीलाई गिरफ्तार गरेको भएपनि नटीलाल भने फरार रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
INSEC

0 Comments

Related Reports