Incident Reports

सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता

2016-10-17

Lumbini, Banke, Baijanath, Ward 3

नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक १ गते घाँटी कसेर हत्या गरी छोरासहित फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आरोपित छोरासहित घर ज्वाँईका रूपमा मृतककै घरमा बस्दै आएका थिए । घाँटीमा पासो लगाएर हत्या गरिएको अवस्थामा आफ्नै घुम्ती पसलमा मृतकको शव फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । घटनास्थलबाट आरोपितको पर्स र मोबाइल फोन बरामद गरिएको इन्स्पेक्टर अवस्थीले बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media

0 Comments