Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-10-18

Province 1, Terhathum, Myanglung, Ward 1

म्याङलुङ नपा-१ का भिमबहादुर विश्वकर्मा र सोही नपा-१० का बलबहादुर तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित महिला असारी तामाङले असोज ३० गते दिएको उजुरीका आधारमा प्रहरीले बलबहादुर तामाङ र दाङ जिल्ला धर्ना गाविस-२ की १९ वर्षीया सीता पुनलाई गिरफ्तार गरेको जनाएको छ । आरोपितहरूले गत असोज २८ गते विवाह गरेको पीडित महिलाले आरोप लगाएकी छन् । त्यसैगरी पीडित महिला पुनम विकले कात्तिक २ गते प्रहरीमा दिएको उजुरीका आधारमा भिमबहादुर विश्वकर्मा र मकवानपुर हेटौंडाकी २५ वर्षीया सम्झना दियालीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले गत असोज २१ गते विवाह गरेको उल्लेख छ ।

0 Comments