Incident Reports

दुई युवतीको सीमाबाट उद्धार

2016-10-23

वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हँुदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हँुदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । काठमाडौँ–दिल्ली चल्ने ना५ख ८९७ नंको बस चेकजाँच गर्ने क्रममा उक्त दुई युवती अवैध रुपमा जान लागेको भेटिएको हो । सुनसरी घर भएका गौरीले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफूले काठमाडौँबाट दिल्लीका लागि हिँडेको बताएको माइती नेपालको भनाइ छ । साथमा पासपोर्ट भिसासमेत नभएकी युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेचबिखन गर्न लगिरहेको आशङ्का माइती नेपाल कञ्चनपुरले गरेको छ । सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभेटिएकाले उनीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर आवधिक गृहमा राखिएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 2
Female Abducted 2
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments