Incident Reports

मात्तिएका प्रहरीले कुटे स्थानीय

2016-10-04

मदिरा सेवन गरि मात्तिएका एक प्रहरी जवानले दोधारा चादनीमा एक स्थानीयलाई कुटेका छन् । इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र जोशीले श्रीमती र छोरी सहित ससुराली जादै गरेका भारत सार्कीलाई मंगलबार राति ८ बजेतिर अम्भोजमा कुटेका हुन् । सोधपुछको क्रममा मदिराले मात्तिएका प्रहरी जवान दिपेन्द्र जोशीले अचानक आफुलाई कुटपिट गरेजो सार्कीले बताए । 'हेलमेट नलगाएको भन्दै कुट्यो'उनले भने । मदिरा नियन्त्रणको प्रचारबाजी गर्ने इलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी आफै मदिरामा मस्त हुने गरेका छन् । केहि दिन अघि दोधारा चादनीका बाबाथान बजारमा जवान जोशी मदिरा खाएर बाटोमा पल्टिंदै हिडेका स्थानीयहरुले बताएका छन् । कुटपिट गर्दै गर्दा स्थानीयहरुले कुटपिट रोक्दै प्रहरीको भ्यान घेरेका थिए । "प्रहरी आफै ड्युटीकोसमयमा मान्छे नचिन्ने गरी मदिरा सेवन गर्छ भने के शान्ति सुरक्षाको आशा राख्ने यस्ता प्रहरीमा ?" एक स्थानीयले भने । कुटपिटमा संग्लग्न प्रहरी जवान जोशी गाडीका चालक हुन् । उनलाई आमभोज सडकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सार्कीले आफुलाई बिना कारण गुण्डा शैलीमा कुटपिट गर्ने प्रहरी जवान दिपेन्द्र जोशीलाई कारवाही गर्न राति नै इलाका प्रहरी कार्यालय दोधारा चादनीमा निवेदन दिएका छन् । "प्रहरी जवान जोशी माथि कारवाही प्रक्रिया अघि बढाइएको छ" प्रहरीले भन्यो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports