In an initiation of Informal Sector Service Center (INSEC), a 26-year-old Urmila Urao of Chiyabagan VDC-5 is receiving treatment at Kritipur Hospital in Kathmandu. She is a domestic violence victim.
Based on an application received from the victim’s family at INSEC mid-regional office on October 21, the initiation for the treatment was taken by INSEC.
The victim was tolerating domestic violence since year after her marriage. She was compelled to self-immolate over a dispute with her husband Mangaru Urao, 30 on September 18 according to her brother-in-law Maya Lal Urao.
She have 35 percentage burnt on her body according to Dr Piyush Shrestha involved in her treatment and he said that her condition remains critical.
The victim’s brother-in-law has also pleaded other organizations including INSEC for the support as further cost may involve in her treatment.
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा झापा जिल्ला चियाबगान गाविस-५ की २६ वर्षीया उर्मिला उराउको काठमाडौँस्थित किर्तिपुर हस्पिटलमा उपचार प्रक्रिया अघि बढाइएको छ ।
पीडित परिवारले आर्थिक अभावको कारण उपचार गराउन नसकेको भन्दै आवश्यक सहयोगको लागि कात्तिक ५ गते इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयलाई दिएको निवेदनको आधारमा क्षेत्रीय कार्यालयको पहलमा पीडितलाई भर्ना गरी उपचार प्रक्रिया अघि बढाइएको हो ।
केही वर्षअघिदेखि घरेलुहिंसा सहँदै आएकी उर्मिला र ३० वर्षीय पति मङरु उराउबिच भदौ २३ गते घरझगडा भएपछि उक्त पीडा सहन नसकी उर्मिलाले आफ्नै शरीरमा मटीतेल खन्याई आगो लगाएको पीडितका भिनाजु मायालाल उराउले इन्सेकलाई दिएको उजुरीमा उल्लेख छ ।
आगोबाट उर्मिलाको शरीरको ३५ प्रतिशत भाग जलेको उनको उपचारमा संलग्न चिकित्सक पियुस श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उर्मिलाको शरीरमा रगतको कमी भएको, जलेको भागमा पूर्ण रूपमा ब्याक्टेरियाहरूले संक्रमण बढाएको भन्दै अवस्था ‘क्रिटिकल’ रहेको बताए ।
यसैबिच चिकित्सकले उपचारको क्रममा खर्च बढ्न सक्ने बताएपछि इन्सेकलगायत अन्य सबै सहयोगी सङ्घसंस्थालाई आवश्यक सहयोग गर्न पीडितको भिनाजु मायालालले अनुरोध गरेका छन् ।