Incident Reports

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-10-24

Province 1, Sunsari, Itahari, Ward 6

१९ वर्षीया महिलालाई झुक्याएर विवाह गरी दुई वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी महादेवा गाविस–४ घर भई इटहरी उमनपा–१ मा बस्ने ४९ वर्षीय पञ्चदेव (खंग) मण्डललाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पत्नी र दुई जना सन्तान हुँदाहुँदै आफूलाई झुक्याएर विवाह गरी २ वर्षदेखि शारीरिक तथा मानसिक यातना दिई शोषण गरेको आरोपमा पीडित महिलाले प्रहरीमा कात्तिक ९ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । पहिलो पत्नीबाट दुई जना सन्तान भएपछि परिवार नियोजनसमेत गरिसकेका आरोपितले झुक्याएर विवाह गरी कान्छी पत्नी भनेर समाजमा देखाएपनि कामदारका रूपमा राखेर बलात्कारका साथै शारिरीक तथा मानसिक यातना दिने गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments