Incident Reports

बाँकेमा एक व्यक्तिको हत्या

2016-10-28

Lumbini, Banke, Khajura, Ward 6

बाँकेको उढरापुरमा एक व्यक्तिको हत्या भएको छ । बाँके, उढरापुर–२ निवासी ३८ वर्षीय प्रेमबहादुर थापाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) सरोज पौडेलका अनुसार शुक्रबार अपरान्ह करिव ४ बजेतिर थापाको शव फेला परेको थियो। उढरापुर–२ मा रहेको गिजरा सामुदायिक वन नजिकै थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । थापाको शरीरमा धारिलो हतियारसमेत प्रहार भएकाले हत्या नै गरिएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरी प्रवक्ता पौडेलले भने, ‘टाउकोमा गहिरो चोट देखिन्छ, त्यसकारण हत्या नै गरेर फालिएको हुन सक्ने हाम्रो अनुमान छ ।’ गाउँमा बिहीबार साँझ केही व्यक्तिबीच बिबाद भएकाले हत्या सोही दिन भएको हुन सक्ने उनले बताए । घटनामा सग्लन भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य व्यक्तिको पनि खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा पठाइएको पौडेलले जानकारी दिए। प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिरहेका बेला पटक–पटक हत्याको श्रृंखला दोहोरिरहेको छ । यसअघि दसैको मुखमा पनि एकै दिन दुई जना व्यक्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports