Incident Reports

बबरमहलमा खुकुरीले हान्ने पक्राउ

2016-11-02

Bagmati, Kathmandu, Kathmandu, Ward 29

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा ड्युटीमा खटिएका सेक्युरिटी गार्डहरुबीच आपसमा झगडा हुँदा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विवाद हुँदा दोलखा चरीकोट–२ घर भई हाल सुकेधारा बस्ने ६० वर्षीय थान बहादुर लामाले आज दैलेख बालुवाटार–६ घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने ३९ वर्षीय वीरेन्द्र शाहीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए। लामालाई प्रहरीले पक्राउ गरेको हो। घाइते शाहीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। गार्डहरुबीच के निहुमा झगडा भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports