Incident Reports

No translation available.

2016-11-04

Bagmati, Dolakha, Bhimeshwor

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको विरोधमा स्थानीय बासीले अरनिको राजमार्गअन्तर्गतको लामोसाँगु जिरी सडकखण्ड अन्तगर्तको बोच गाविसमा सडक अवरुद्ध बनाएका छन् । बाटो अवरुद्ध हुँदा दोलखाबाट काठमाडौं आउने तथा काठमाडौंबाट दोलखा जाने यात्रु समस्यामा परेका छन् । बिहीबार सिनो हाइड्रोमा कार्यरत ३५ वर्षका गोपी बस्नेतको मिक्चर दुर्घटना हुँदा मृत्यु भएको थियो । बस्नेत मिक्चर चालक हुन् । उनले गिटी र बालुवा घोलेर मिक्चरमार्फत सुरुङ मार्गको व्युरो नम्बर ६ मा लैजाँदै गर्दा मिक्चर पल्टिएको थियो । सुरुङभित्र मिक्चर पल्टिदा चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो भने एक चिनियाँ नागरिक र एक नेपाली मजदुर घाइते भएका छन् । मृतकका आफन्तले सुरुङ भित्र दुर्घटना भएको नभई कम्पनीले लापरबाहीले बस्नेतको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले घटनाको उचित छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन् । आफ्नो मागका विषयमा कम्पनीले वेवास्था गरेकाले कडा रुपमा प्रस्तुत हुन परेको मृतकका आफन्त भीमसेन केसीले बताए । माथिल्लो तामाकोशी जल विद्युत आयोजनासँग मृतकका आफन्तले छलफल गरे पनि वार्ता सकारात्मक नभएपछि उनीहरुले प्रशासनसँग सहयोग मागेका हुन् । मृतकका आफन्तसँग छलफल भइरहेकाले केहीबेरमा अवरुद्ध सडक सुचारु हुने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis