Incident Reports

मुखर्जीको विरोधमा कालो झण्डा बाँधेर बेलुन उडाउने विप्लव कार्यकर्ता पक्राउ

2016-11-04

Gandaki, Kaski, Pokhara Lekhnath

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको विरोधमा कालो झन्डा राखेर बेलुन उडाएका विप्लव नेतृत्वको माओवादीका चार कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुखर्जी जनकपुरबाट पोखराका लागि जहाजमा उडेको सूचनाका आधारमा विप्लव माओवादीका कार्यकर्ताले पोखरा विमानस्थलदेखि केही दक्षिणको इलाकाबाट कालोझन्डासहित बेलुन उडाएका थिए । बेलुनमा कालो झन्डा बाँधेर उडाएको आरोपमा प्रहरीले नन्दलाल तिवारी, भीम चापागाईं, टीकाराम घिमिरे र बन्बहादुर हिताङ मगर पक्राउ गरेको थियो । प्रहरीले भारतीय राष्ट्रपति पोखरामा रहदासम्म नियन्त्रणमा लिएर उनीहरुलाई रिहा गरेको छ । मुखर्जी पोखराबाट उडेपछि विप्लव कार्यकर्तालाई छाडिएको कास्की प्रहरीका डिएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णलाई जानकारी दिए । मुखर्जी पोखरा विमानस्थलमा अवतरण हुनुभन्दा एक घन्टाअघि नै उनीहरुले कालो झन्डा उडाएका थिए । एक दर्जन जति बेलुन उडाएका उनीहरुलाई केहीबेरमै प्रहरीले पक्रेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments