Incident Reports

स्थानीय तह पुर्नसंरचना कार्यक्रम मधेसवादी दलले बिथोले

2016-11-05

Madhes, Saptari, Rajbiraj

स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफल सप्तरीमा मधेसवादी दलले अवरोध गरेपछि अनिश्चित बनेको छ । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताहरुले नाराबाजी गर्दे माइन्युट च्यातेपछि जिल्लामा पुनर्संरचनासम्बन्धी कार्य अनिश्चित भएको हो । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्राविधिक समितिका सदस्यसचिव तथा जिविस सप्तरीका योजना अनुगमन तथा प्रशाकीय अधिकृत धिरेन्द्रकसुमार यादवले मधेसवादी दलको अवरोधका कारण कार्यक्रम स्थगित गर्नुपरेको बताए । जिल्लामा क्रियाशील सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई बोलाएर शनिबार अपरान्ह जिविस सभाकक्षमा पुनर्संरचनाबारेको छलफल सुरु भएपछि मधेसवादी दलका नेताहरुले सिमांकनको टुंगो नलागेसम्म पुनर्संरचना कार्य गर्न नदिने भन्दै निर्णय पुस्तिका च्यातेका थिए । यसअघि पनि सप्तरीमा स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफलमा मधेसवादी दलका कार्यकर्ताहरुले अवरोध गरेका थिए । कार्यक्रम विथोलेपछि मधेसवादी दलका कार्यकर्ताहरुले जिविस परिसरसहित राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दे स्थानीय निकाय पुनर्संरचनासम्बन्धी कार्यप्रति विरोध जनाएका थिए । प्राविधिक समितिका सदस्यसचिव यादवका अनुसार पटक पटकको छलफल मधेसवादी दलको अवरोधका कारण हुन नसकेकाले सोही अनुसारको प्रतिवेदन केन्द्रमा पठाइनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis