Incident Reports

लक्ष्मीपूजाको दिन नागार्जुनमा लक्ष्मीको हत्या

2016-10-31

Bagmati, Kathmandu, Nagarjun

तिहारको लक्ष्मीपूजाका दिन नेपाल प्रहरीको हटलाइन १०० नम्बरमा नागार्जुन नगरपालिकामा एक महिलाको हत्या भएको भन्दै मध्यरातको १२ बजे फोन आयो। कन्ट्रोलमा बसेका प्रहरीले स्वयम्भु प्रहरी वृत्तमा जानकारी दियो। स्वयम्भु प्रहरी वृत र अपराध महाशाखाको टोली मध्यरातमा नै घटनास्थल पुगे। घटनास्थलमा मृत अवस्थामा थिईन ४५ वर्षीया लक्ष्मी विक। उनको शरिरमा कुनै कपडा थिएन। माथिबाट तन्दाले छोपिएको थियो। निधार र गुप्ताङमा निलो ठूलो दाग थियो। रगत पानीले पुछेको जस्तो देखिन्थ्यो। उनका श्रीमान राजकुमार विष्टले श्रीमतीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। आफू घरमा आउँदा श्रीमती मृत अवस्थामा देखेको उनले बताए। अनुसन्धान गर्दै जादाँ प्रहरीले उनकै श्रीमानबाट हत्या भएको निष्र्कष निकाल्यो। मादक पदार्थले लठ्ठ भएका राजकुमारले श्रीमतीको हत्या गरेको स्वीकार गरे। 'घटना भएको दिन राजकुमार, लक्ष्मी र लक्ष्मीका भाइसँगै बसेर मापसे गरेका थिए। त्यसपछि राजकुमार लक्ष्मीलाई लिएर कोठामा आए। कोठामा आएपछि लक्ष्मीले मात्तिएकी लक्ष्मी देउसी खेल्नेहरुसँग नाँच्न थालिन, त्यसपछि रिसले चुर भएका राजकुमारले भित्र लगेर आग्लोले हानेर उनको हत्या गरेको खुल्न आयो,' अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले भने। प्रहरीसँगको वयानमा राजकुमारले रक्सीले मात्तिएका बेला आवेगमा आएर श्रीमतीको हत्या गरेको बताएका छन्। श्रीमतीको अर्के युवासँग अफयेर चलेको थाहा पाएपछि श्रीमतिसँग झगडासमेत पर्ने गरेको उनले प्रहरीसमक्ष बताएका छन्। वैदेशिक रोजगारीमा रहेका राजकुमार दसैं, तिहार मनाउन नेपाल आएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments