Incident Reports

बुद्धभूमिमा भिक्षुद्वारा मानसिक सुन्तलन गुमाएकी महिलामाथि बलात्कार

2016-10-29

Lumbini, Rupandehi, Gaidahawa

बुद्धको जन्मस्थल लुम्बिनमीमा एक बौद्धभिक्षुले मानसिक सन्तुलन गुमाएकी एक महिला माथि बलात्कार गरि बुद्ध उपदेशको खिल्ली उडाएका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार लुसाँनपा ४ पडरिया बस्ने अन्दाजी ५० बर्षीय भिक्षु करुणानन्दले रुपन्देही सुर्यपुराकी २० बर्षीया महिलालाई बलात्कार गरेका हुन् । आफनो सुत्ने कोठामा लागेर रातभरि बलात्कार गरेको प्रहरीको भनाई छ । पीडितको स्वास्थ्य जाँच पश्चात निज भिक्षुलाई प्रहरी नियन्त्रणमा राखी मुद्दा प्रक्रिया अघि बढाइएको ईप्रका प्रहरी निरीक्षक दिलिपराज झाले जानकारी गराएका छन् । पीडित महिलाको श्रीमान् अशक्त छन् । छोराको मृत्यु भएपछि मानसिक सन्तुलन गुमाउन पुगेकी थिइन् । महिलालाई निज भिक्षुले शनिवार आफ्नो कोठामा लागेर करणी गरेका थिए । पछि भारत भाग्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरि मुद्दा प्रक्रिया अघि बढाएको छ । बलत्कृत महिलालाई आफन्तको जिम्मा लगाई भिक्षुको बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले बताएको छ । ‘अघोरी बाबा’को नामले चिनिने भारतीय नागरिक समेत रहेका निज भिक्षुले पछिल्लो नागरिकता टोलीमा रुपन्ेदहीको भगवानपुर गाबिसबाट नेपाली नागरिकता प्रमाणपत्र बनाएको पनि खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments