Protesters demanding Phedikhola to be made the center of village assembly have picketed the Syangja DDC Office. Ghanshyam Subedi, Coordinator of the struggle committee formed to make Phedikhola the village assembly center said that they were compelled to agitate.
The protestors said that despite the technical committee's recommendation that up to 11 centers of village assembly could be made in the district only 8 were being prioritized. Trying to convince the protesters, Mr. Mahesh Bhattarai, head of the technical committee said that while preparing the report, he had attempted to include everyone and envisioned Syangja 20 years from now.
स्थानीय तह पुन:संरचनामा भनेकै केन्द्र माग गर्दै र्याली गरेकाहरूले सोमबार जिल्ला विकास समितिमा विरोध प्रदर्शन गरेका छन् । र्यालीसहित सदरमुकाम परिक्रमा गरेका उनीहरूले जिविस गेटमा धर्ना दिए । जिविसमा स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिको छलफल चलिरहँदा बाहिर उनीहरूले नाराबाजी गरेका थिए । फेदीखोला केन्द्र माग्दै गठित संघर्ष समितिका संयोजक घनश्याम सुवेदीले संघर्षका कार्यक्रम थाल्नु बाध्यता रहेको बताए ।
आयोगले स्याङ्जामा बढीमा ११ केन्द्र रहन सक्ने भने पनि प्राविधिक समितिले पहिल्यै निर्धारण गरेको आठवटा केन्द्रलाई मात्र प्राथमिकता दिन खोजेको स्थानीयको आरोप छ । सुरुमा आयोगले तोकेका आठवटा केन्द्र कम भएको विवाद चर्किएपछि आठ केन्द्रसहित थप छवटा वैकल्पिक केन्द्र प्रस्ताव गरी पठाइएको थियो । केही परिवर्तनसहित जिल्लाको अन्तिम प्रतिवेदन बुझाउनुपर्ने भएकाले सबैलाई समेट्ने गरी पठाइने प्राविधिक समितिले जनाएको छ । धर्ना बसेकालाई सम्बोधन गर्दै प्राविधिक समिति संयोजक महेश भट्टराईले २० वर्षपछिको स्याङ्जा परिकल्पना गर्दै प्रतिवेदन बनाउन लागिएको बताए ।