Incident Reports

Locals of Raxaul block Miteripul for 2 hours

2016-10-28

Save shrisiya river movement committee of Raxual, India blocked the way of Nepal-India Miteripul (bridge) for 2 hours as a protest against the pollution in that area. The way was blocked for 2 hours from morning 10 am till 12 pm. The committee also said they will completely block it if Birgunj sub-municipality did not stop throwing garbage near the bridge. प्रस, वीरगंज, १२ कात्तिक श्रीसिया नदी बचाऊ अभियान सङ्घर्ष समिति रक्सौलले आज नेपाल–भारत मितेरीपुलमा २ घण्टा बाटो अवरुद्ध गरेको छ । बिहान १० देखि १२ बजेसम्म बाटो अवरुद्ध भएको कारण आवागमन पूर्णरूपमा ठप्प भएको थियो । सङ्घर्ष समितिले वीरगंज उपमहानगरपालिका कार्यालयले मितेरी पुल छेउमा फोहर फ्याक्ने काम नरोके अब पूर्णरूपमा बाटो अवरुद्ध गर्ने बताएको छ । वीरगंजभरिको फोहर मितेरी पुल वरपर फ्याक्ने कारण आवागमन गर्ने मानिसलाई असर पर्ने गरेको र वरिपरिका बासिन्दाहरू बिरामी पर्ने गरेको समितिका अभियन्ता प्रा. अनिलकुमार सिन्हाले बताए । अहिले साड्ढेतिकरूपमा आन्दोलन गरेको र तत्काल सो कार्य नरोके चरणबद्ध आन्दोलन घोषणा गर्ने उनले बताए । वीरगंजमा रहेका उद्योगहरूले श्रीसिया नदीमा प्रदूषित पानी फालेको कारण छठमा श्रद्धालुहरू समस्यामा पर्ने गरेका छन् । बाटो अवरुद्ध हुँदा तिहार र छठको लागि सामान खरिद गर्न आउने सर्वसाधारणहरू समस्यामा परेका थिए । समितिका अभियन्ताहरूले नेपाली भूमिमा प्रवेश गरी बाटो अवरुद्ध गरेका थिए । कार्यक्रममा सांसद राजकिशोर भगत, वडा पार्षद् सुरेश कुमार, जनता दल युनाइटेडका अध्यक्ष राजकुमार गुप्ता, मुन्नी पटेल, शैलेश कुमार, उमेश कुमार, गुड्डु सिंह, प्रवेश गुप्ता, उदय सिंह, कुन्दन सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रा. मनीष दुबेले गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments