Incident Reports

खुर्पा प्रहार गरी श्रीमानको हत्या अाराेपमा मस्तिमायासहित ५ आरोपी पक्राउ

2016-10-07

Madhes, Sarlahi, Hariwan, Ward 9

सर्लाही हरिवन–५ की ४५ वर्षीया मस्ती मायाले सौता ल्याएका श्रीमान ५० वर्षीय मानबहादुर घिसिङलाई खुर्पाले प्रहार गरी हत्या गरिन्। दुई जना ज्वाइँ र दुई छिमेकि लगाएर पुनः टाउको र शरिर छुट्याएर हत्या गरे। कान्छी ल्याएपछि बोलचालसमेत बन्द भएको मस्ती मायाले परवल गोड्दै गरेका श्रीमानलाई खुर्पाले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मस्ती मायालाई श्रीमान हत्या गर्न सघाएको आरोपमा प्रहरीले हरिवन–५ घुर्कौलीका ४७ वर्षीय डेमा दोर्जे, ३१ वर्षीय मोहनप्रसाद फुयाल, ३७ वर्षीय बिकुराम वाईवा र कालेबहादुर वाईवालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । सामुदायिक वनमा वन रक्षक भई काम गर्दै आएका घिसिङ्गलाई हत्या गर्न प्रयोग भएको खुर्पा र खुकुरी समेत बरामद भएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए। एक महिनाको लामो अनुसन्धान पछि हत्याको कारण र हत्यामा संल्गनको पहिचान भएको छ, प्रहरी उपरीक्षक सुवेदीले भने, ‘हत्याको मुख्यका कारण श्रीमान–श्रीमती बिच बिग्रेको सम्बन्ध नै हो।’ हत्याको थप अनुसन्धान भइरहेको उनले बताए । यसरी भयो हत्या हरिवन–५ का मानबहादुर मध्यम वर्गिय कृषक हुन्। उनी स्थानिय एक सामुदायिक बनमा समेत काम गर्दै आएका थिए। ७ वर्षअघि दोश्रो विवाह तविमाया घिसिङसँग गरे । तर, उनीहरुबीच सम्बन्ध धेरै दिनसम्म कायम रहेन । दोश्रो विवाह पछि जेठी श्रीमती मस्ती मायसँगको सम्बन्ध समेत बिग्रिएका मानबहादुरको असोज २१ गते परवल गोड्दै गर्दा हत्या भयो। खेतमा मजदुरसँग परवल गोड्न छोडर घर खाना खान आएकी मस्ती माया छुट्टै परवल गोड्दै गरेका मानबहादुरलाई सँगै नबसेको रिसमा पछाडीबाटै खुर्पा प्रहार गरेकी थिइन्। खुर्पा प्रहारले ढलेका मानबहादुरको घाँटीमा पटक पटक खुर्पा प्रहार गरी हत्या गरिन्। हत्यापछि मस्ती माया पुनः मजदुरसंगै काम गर्न फर्किइन्। काम गर्न फर्केकी मस्ती मायालाई परवल खेतमा ढलेको श्रीमानको शवको दृश्यले काम गर्न जागर चलेन। हत्याको पोल खुल्ने डरले मस्ती माया साँझ दुई जना आफन्त र दुई जना छिमेकी बोलाएर मृतक श्रीमान मानबहादुरको शव उखु बारीमा लुकाए। खुर्पा प्रहारले मृत्यु नभएको हुन सक्ने शंका बढेपछि मस्ती मायाले पुनः आफन्तलाई लगाएर खुकुरीले शरिर र टाउको छुट्याउन लगाएकी थिइन्। खुकुरीले काटिएको टाउको नजिकै रहेको वनमा लुकाए। तर, प्रहरीको चहल पहलले हत्यामा संलग्नको निन्द्रा आएन। वनमा लुकाएको टाउको ५ दिन पछि उखुबारीमा नै फलेका थिए। दशैंकोे चहलपल एकातिर छोडेर अहोरात्र अनुसन्धानमा खटेका प्रहरी अधिकृत अन्ततः हत्याको मृख्यु अभियुक्त श्रीमती भएको निचोडमा पुगे । प्रहरीको बयानमा मस्ती मायाले श्रीमानको हत्या गरेको स्वीकारेकी छन्। धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राती उखुबारीमा घिसिङ्गको हत्या गरिएको हो। टाउको काटेर उनको हत्या भएको अवस्थामा शनिबार शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव फेला परे पनि टाउको फेला नपरेको प्रहरीले जनाएको छ। उखुको फाँटमा हत्या भएका कारण काटिएको टाउको नभेटिएको प्रहरीले जनाए । हत्या सम्बन्धमा अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए। घिसिङ्गलाई पहिला घाँटी थिचेर हत्या गरेर पछि टाउको काटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्यामा संलग्न हुने सक्ने शंकास्पद केहीलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports