Incident Reports

रौतहटमा प्रहरीसँग हतियारधारीको भीडन्त, एक मारिए

2016-11-14

Madhes, Rautahat, Rajpur

रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ । हतियारधारी समूहको गोली लागी एक जना प्रहरी जवान घाइते भएका छन् । मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्र र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार भित्रिएको सूचना पाएर बाँधमा पुगेको थियो । रौतहटको गरुडातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बाँधमा आएको ४र५ जनाको समूहलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीमाथि फायर खोलिएको थियो । जवाफमा प्रहरीले फायर खोल्दा ३५र४० का हतियारधारी समूहका एक जना र बारा बबुआइन निवासी प्रहरी जवान सुरेन्द्र चौधरी गोली लागी गम्भीर घाइते भएका छन् । दुवैलाई उपचारको लागि गौर अस्पताल ल्याउने क्रममा हतियारधारी समूहका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताए । अर्का घाईते प्रहरी जवान चौधरीको हात, खुट्टा लगायत शरीरको विभिन्न भागमा गोलीको छर्रा लागेको छ । उनको गौरमा प्राथमिक उपचार गरी थप उपचारको लागि हेटौंडामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरिएको डीएसपी भण्डारीले बताए । बाँकी फरार भएका हतियारधारी समूहको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Kailali , Local Newspaper - Parsa

0 Comments

Related Reports