Incident Reports

एमाले नेता नेपालको विरोधमा लहानमा प्रदर्शन

2016-11-14

Madhes, Siraha, Lahan

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आइतबारदेखि लहानमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनको लहान आगमनको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सोमबार विहानदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। सोमवार विहानैदेखि मोर्चाका कार्यकर्ताले टायर बाल्ने र सुरक्षाकर्मीले निभाउने क्रम जारी छ। सो क्रममा सुरक्षाकर्मी र विरोधकर्ताबीच घम्साघम्सी नै भएको थियो। ‘मधेस आन्दोलनको विपक्षमा कटु अभिव्यति दिएर मधेसीको भावनामा ठेस पुर्याउने नेतालाई हामीले शान्तिपूर्ण विरोध गरेका हौं,’ संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयागलाल यादवले भने। संविधान संशोधनको विरोधमा उभिने एमाले पार्टीका नेतालाई विरोध गरेर सचेत गराउन खोजेको यादवको भनाइ छ । आइतबार नेता नेपाल बसेको होटल गुधुली अगाडि मधेसी मोर्चाका कार्यकर्ताहरु कालो झण्डा प्रदर्शन गरी नेता नेपालको बिरोध गरेका थिए। एमालेको चौथो महाधिवेशन स्थल बिष्णुपुरकट्टी जाने क्रममा मोर्चा कार्यकर्ताले उनलाई कालो झण्डा देखाएर बिरोध गरेका थिए ।आज नेता नेपालले लहानको माडवारी सेवा सदनमा अगुवा कार्यकर्तासंग सम्वाद गर्ने कार्यक्रम छ। सो कार्यक्रमलाई प्रभावित पार्न मोर्चा कार्यकर्ताहरु बिहानैदेखि विरोधमा उत्रेका छ्न । बिरोधको कार्यक्रमलाई मध्यनजर गरी लहानमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments