Incident Reports

दुई युवतीको उद्धार

2016-10-28

Madhes, Siraha, Lahan

लहान - चेलीबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । दुई युवतीलाई प्रलोभनमा परि बेचबिखनका लागि भारततर्फा लागिरहेको अवस्थामा सिमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-८ निवासी ३५ वर्षिया लक्ष्मी भन्ने दुर्गा विक, सिन्धुलीको दुधौली नगरपालिका-११ निवासी २९ वर्षिया प्रमिला विक र सिरहाको धनगढीमाई नगरपालिका-२ निवासी ५६ वर्षीय उद्वव बहादुर थापा रहेको प्रहरीले जनाएको छ । सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारततर्फ लागिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुवै युवतीको उद्धार गरेका छन् ।
Local Newspaper - Morang , Local Newspaper - Parsa

0 Comments