Incident Reports

हत्याको अभियोगमा रोल्पामा दुईजना पक्राउ

2016-10-12

Lumbini, Rolpa, Suwarnabati, Ward 5

इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले ज्यान मारेको आरोपमा दुईजना रोल्पाली युवालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् । कात्तिक २६ गते मिझिङ–२ कझिङ, रोल्पामा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका प्रहरी निरीक्षक शशीधर अधिकारीले आज जानकारी दिए । उहाँका अनुसार ती तीनजना युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतकोे सिमला पुगेका थिए । कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको छ । प्रनि अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ । हालै पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका भतिज भएको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports