Incident Reports

यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर

2016-11-12

Lumbini, Banke, Janki, Ward 3

Binod Pandey प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा कात्तिक ३० गते मुद्दा दायर गरेका छन् । इलाका प्रहरी कार्यालय खजुराखुर्दका सई शरण भण्डारी र प्रहरी जवान अनिलकुमार विकलाई विपक्षी बनाई यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्याङ्कन र विचार गरी यातनासम्बन्धी क्षतिपूर्ति ऐन २०५३ को दफा ३ बमोजिम १ लाख रुपियाँ क्षतिपूर्ति माग गरिएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको छ । मोवाइल चोरीको आरोपमा कात्तिक २६ गते बिजुली महाउत र इन्द्रपुरका तिर्थराम चमारलाई हिरासतमा दिइएको यातनाका कारण फिलामा पुरै निलडाम, छाती, ढाड र गोडामा चोट लागेको निवेदनमा उल्लेख गरिएको अधिकारकर्मी आलम खानले बताए । पीडितले कात्तिक ३० गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा निष्पक्ष छानबिन गरी दोषी माथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत रमेश थापाले बताए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis