Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैदको फैसला

2016-04-20

Lumbini, Dang, Tulsipur

 धनौरी-१ चिलहरियाकी ६५ वर्षीया दिव्या चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा धनौरी-१ चिलहरियाका ३१ वर्षीय हरि चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर २ गते अभियोगमा दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए । पीडित महिलालाई आरोपितले ०७३ वैशाख ८ गते कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा पीडितले वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी थिइन् । कुटपिटका कारण पीडित महिलाको बङ्गारा भाँचिएको थियो । घटना लगत्तै वैशाख ८ गते नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि पीडित महिलाको थप उपचार काठमाडौँको कान्तिपुर डेन्टल हस्पिटलमा गरिएको थियो । आरोपितलाई ६ महिना कैदको फैसला गरिएपनि उनी वैशाख ८ गतेदेखि नै फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments