Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2016-11-21

Province 1, Bhojpur, Bhojpur

आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । मादकपदार्थ सेवन गरेका आइतेले मङ्सिर ६ गते सामान्य घरायसी विवादका क्रममा कान्छी पत्नी निर्मलालाई दाउराको चिरपट प्रहार गर्दा पीडित महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै आरोपित फरार रहेका थिए । घटना पश्चात मृतकको माइती पक्षले मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर राधाप्रसाद पराजुलीले जानकारी दिए । मृतकको पोष्टमार्टम जिल्ला अस्पताल भोजपुरमा मङ्सिर ८ गते नै गरिएको र घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पराजुलीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , Local Newspaper - Morang , INSEC

0 Comments