Incident Reports

Land surveyor arrested with Rs 100,000 in bribe

2016-11-22

Madhes, Mahottari, Gaushala

The Commission for the Investigation of Abuse of Authority (CIAA), Office Bardibas on Monday arrested a land surveyor with the Mahottari District Land Survey Office along with a bribe amounting to Rs 100,000. The anti-corruption watchdog arrested Santosh Kumar Mahaseth of Gaushala Municipality and working at the Survey Office at Jaleshwor, CIAA Office, Bardibas said. A team led by Acting Chief of CIAA Office, Bardibas Deputy Superintendent of Police (DSP), Ram Kumar Lamsal, arrested Mahaseth red handed while heading out of the office with the bribe. Mahaseth had asked for the bribe with the service recipients in order to finalize the division of the ancestral property. RSS महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले रु एक लाख घुससहित एक अमिनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई विगत चारवर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ। सोमबार सेवाग्राहीसँग लिएको घुस रकम कार्यालयपछि लिएर जान लाग्दा अमिन महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले उनलाई पैसासहित रङ्गेहात पक्राउ गरेका हुन्। अमिन महासेठले सेवाग्राहीसँग अंशबन्डा गराइदिने भन्दै सोबापत घुस मागेकोमा सेवाग्राहीले अदुअआको कार्यालय बर्दिवासमा अमिन महासेठविरुद्ध लिखित उजुरी दिएको थियो भने सोही आधारमा आयोगको टोलीले सोमबार बिहानैदेखि उनको रेकी गर्दै बसेको र निज अमिनले पैसा लिनासाथ उनलाई पक्राउ गरेको थियो। घुस रकमसहित पक्राउ परेका अमिन महासेठलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा लगिएको छ भने उनी विरुद्ध आवश्यक अनुसन्धान सुरु भइसकेको नायब प्रहरी उपरीक्षक लम्सालले बताए। रासस

0 Comments