Incident Reports

Demonstration in Butwal against constitutional amendment

2016-11-22

Locals of various districts of Butwal and Rupandehi have staged demonstrations against the government claiming that the government was conspiring to separate hills from terai of province number 5 in the name of constitutional amendment. Demonstrations occured in Butwal, Farsatikar, madigram, saljhandi, devdaha, bhairhawa. सत्तापक्षले संविधान संशोधन गरी पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गर्न लागेको भन्दै बुटवलसहित रुपन्देहीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएका छन् । प्रदेशका नागरिकको चाहना र भावना विपरित मुलुकलाई नै विखण्डन गर्ने षड्यन्त्र स्वरुपको गतिविधि हुन लागेको भन्दै जिल्लामा विरोध प्रदर्शन भएको हो । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नागरिक अगुवाहरुको पहलमा रुपन्देहीको बुटवल, फर्साटिकर, मणिग्राम, सालझण्डी, देवदह, भैरहवालगायतका स्थानमा विरोध प्रर्दशन भएको थियो । नागरिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेर सरकारले ‘राष्ट्रघाती कदम’ चाल्न लागेको भन्दै त्यसका विरुद्ध एकजुट हुन आह्वान गरेका थिए । प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्राउन पाईंदैन खेतला सरकार चाहिंदैन, संविधान संशोधन गर्न दिंदैनौं, जनताको संविधान कार्यान्वयन गर, आत्मसर्मपणवादी मुर्दावाद जस्ता नारा लगाएका थिए । बुटवलको ट्राफिक चौकमा भएको विरोध प्रदर्शन पछिको कोणसभामा बोल्ने अगुवाहरुले सामाजिक एकतासहितको राष्ट्रियता र अखण्डताका पक्षमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । युवा नेता खिमलाल भट्टराईले सामाजिक एकता नै भत्काउने र मुलुकको अखण्डतामै असर पर्नेगरी भइरहेका कुनै पनि चलखेललाई जनताले स्वीकार नगर्ने बताए । उनले यस्तो देशघाती कदमका विरुद्ध कुनै पनि दल विशेषको मात्रै नभई सबै नेपालीहरु एक भएर लाग्नुनपर्नेमा जोड दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis