Incident Reports

स्थानीय दैनिक पत्रिकाका सम्पादक गिरफ्तार

2016-11-22

Madhes, Siraha, Golbazar

Durga Pariyar गोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, सिरहाले गिरफ्तार गरेको छ । राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा प्रहरीले थपलियालाई गोलबजारबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, धनगढीमा राखेको थियो । पत्रकार/सम्पादक थपलियालाई सादा पोशाकको दुई जना प्रहरीको निगरानीमा बा ४ प ५१८७ नम्बरको माइक्रो बसमा राखि काठमाडौँ लगिएको छ । पत्रकार थपलियाले आफूलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको पक्राउ पुर्जीसमेत नदिएको सञ्चारकर्मीलाई बताए । पत्रकार थपलियाकी बहिनी सम्झना थपलियाले आफ्नो दाजुले राती एक पटक फोन सम्पर्क गरि आफूलाई प्रहरीले गिरफ्तार गरेको खबर दिनासाथ उनको फोन खोसिएको र त्यसपश्चात स्वीच अफ भएको बताउँदै दाजुको अवस्था थाहा पाउन प्रहरीमा सम्पर्क गर्दा समेत कुनै किसिमको जानकारी नदिइएको बताइन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी श्याम ज्ञवालीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँले विद्युतीय अपराध मुद्दामा पक्राउ गर्ने निर्देशन दिएकोले पत्रकार थपलियालाई पक्राउ गरी काठमाडौँ पठाइएको बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments