Incident Reports

गाडीभित्र जलेको लास भेटियो, घटना रहस्यमय

2016-11-24

Bagmati, Sindhuli, Sunkoshi, Ward 7

मेछापको मझुवा गाविस-१ मा पर्ने मानेडाँडामा बिहीबार बिहान मे १ ज २१८७ नम्बरको जिपसँगै जलेको अवस्थामा एक पुरुषको लास भेटिएको छ । स्थानीय एक शिक्षकले बिहान ६ बजेतिर गाडीमा आगो लागेको देखेपछि गाउँमा हल्लाखल्ला गरेको स्थानीय जयप्रकाश प्रधानले बताउनुभयो । गाउँलेले घटनाको बिषयमा इलाका प्रहरी कार्यालय चोप्राङा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । प्रहरी घटनास्थल पुग्दा गाडी पूर्णरुपमा जलिसकेको र गाडीभित्र एकजना पुरुषको लास नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा जनमुक्ती सेनाको केही पर्चासमेत फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक प्रेम जोसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीप रिर्जभमा झापाबाट बिपी राजमार्ग हुँदै कामाडौंसम्मको लागि छुटेको थियो । जीप बिहीबार बिहान साढे २ बजे इलाका प्रहरी कार्यालय खुर्कोटमा इन्ट्री गर्दा चालकसहित ३ जना यात्री थिए । गाडी चालक दमकका बिशाल खड्का रहेको र उनले नै गाडी चलाएको भन्ने पुष्टि भएको प्रहरीको भनाइ छ । परिवारले दिएको हुलीयाका आधारमा गाडी भित्र फेला परेको शव खड्काकै हुनसक्ने आंसका रहेको भएता पनि उनका परिवारलाई झापाको दमकवाट झिकाइएकोले परिवारका सदस्य आएपछि मात्र टुंगो लाग्ने प्रहरी निरिक्षक जोसीले जानकारी दिए । बिहान खुर्कोटबाट कामाडौं जाँदै गरको जिप सिन्धुलीको झाँगाझोली भन्ने स्थानबाट उत्तरतर्फ पर्ने रामेछापको भिरपानीको सित्खापुल हुँदै खाँडादेवी गाविसमा पर्ने गाल्वा बजारतर्फ बिहान साढे ४ बजे उकालो लागेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports