Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोप

2016-11-24

Madhes, Parsa, Bishrampur, Ward 6

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको घटना सार्वजनिक भएको छ । बहुअर्वा भाठा-६ की ६० वर्षीया राधिकादेवी तुराहलाई मङ्सिर ९ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय रामानन्द मुखिया विन र उनका २५ वर्षीय छोरा मुकेश विनले कुटपिट गरी घाइते बनाएको आरोप छ । रामानन्दको नातीलाई बोक्सी लगाएको आरोप लगाउँदै उनीहरूले राधिकादेवीलाई लाठीले कुटपिट गर्दा उनको निधारमा गम्भीर चोट लागेको पीडित पक्षले जनाएको छ । पीडित महिलाका छोरा बैधनाथ तुराहले आमालाई सोही दिन राति नै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएका थिए । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरेपछि अहिले थप उपचारको लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । उनको निधारमा चार ओटा टाँका लगाइएको छ । पीडित महिलाका छोरा बैधनाथले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रराज जोशीले बताए । घटनाको गहन अनुसन्धान सुरू गरिएको पनि डीएसपी जोशीले बताए । कथित बोक्सीको आरोपमा कुटपिट घटनाका दुवै जना आरोपित फरार रहेकोले उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Parsa

0 Comments