Police on Sunday arrested two persons on the charge of vandalizing a parked taxi in Balaju. Yujan Chhetri, 21, a permanent resident of Bidur of Nuwakot, Anish Sitaula, 21, a president resident of Damauli of Tanahun, were arrested and were also found in possession of a sharp weapon. Police have also impounded their scooter until further notice. Earlier, the security personnel were reported that two persons riding a two-wheeler had smashed the glass of a parked cab. The identities of the two still remain unknown. The police are still investigating into the incident.
काठमाडौं महानगरपालिका–१६ बालाजुमा पार्किङ गरी राखेको बा.२ ज २५१६ नम्बरको ट्याक्सीमा तोडफोड गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बा.६७ प २६१९ नम्बरको स्कुटरमा आएका २ जनाले उक्त ट्याक्सीको शिशा फुटाई फरार भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले तोडफोडमा संलग्न काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ का २१ वर्षीय यूजन क्षेत्री र काठमाडौं म्हेपी बस्ने तनहुँ दमौली नगरपालिका–११ का २१ वर्षीय अनिश सिटौलालाई बालाजु भाटभटेनी सुपरमार्केट नजिकबाट १ थान खुँडा र उक्त स्कुटर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।