Incident Reports

Udhgosh: Agitation against hike in tuition fee

2016-11-13

Province 1, Morang, Uralabari

Urlabari - Students agitated against the price increment at Urlabari Multiple Campus. The students union padlocked the work place of college chief Bhim Prasad Lamichhane on Sunday. ANNFSU, ANNFSU Revolutionary and Federal Socialist Forum submitted a memorandum with 3 points demand to College chief on Sunday. उर्लाबारी - आफुहरुसंग सल्लाह नै नगरी शुल्क वृद्धि गरेको भन्दै विधार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उर्लाबारी बहुमुखी क्याम्पसले विधार्थी संगठनहरुको धारणा नै नलिई शुल्क बढाएको विषयलाई लिएर प्रमुख भीमप्रसाद लामिछानेको कार्यकक्षमा ताला लगाएका छन् । आइतबार बिहान उर्लाबारी बहुमुखी क्याम्पसमा क्रियाशील विभिन्न तीन विधार्थी संगठनहरुले तीन बुदे मागसहित प्रमुख लामिछानेको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियु,अखिल क्रान्तिकारी र संघिय समाजवादी फोरम लगायतका विधार्थी संगठनहरुले शुल्क वृद्धि फिर्ता लिनुपर्ने, नियमित कक्षा संचालन हुनुपर्ने र कुनै एक संगठनलाई मात्र च्यापेर क्याम्पसको ब्यानर निर्माण गरिएको विषयलाई लिएर आन्दोलित भएका हुन् । शुल्क वृद्धि विरोधमा यस अघि विधार्थी संगठनहरुले विज्ञप्ति निकलेपानी त्यसको कुनै सुनवाई नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताए । अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पसका अध्यक्ष सगर राईले भने - 'क्याम्पसमा नियमित कक्षा नै संचालन हुन छाड्यो । यो विषयमा क्याम्पस प्रशासन मौन रहनु शंकास्पद हो । ' अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटिका सचिव विनोद घिमिरे, अखिल क्रान्तिकारीक अध्यक्ष सगर राई, क्याम्पस इन्चार्ज दिपक आपागाई, समाजवादी विधार्थी फोरमका अध्यक्ष विनोद लिम्बु, पुर्व अध्यक्ष मिलन देवानको संयुक्त हस्तक्षारसहितको ज्ञापनपत्रमा तीन बुदे माग क्याम्पस प्रशासन समक्ष राखेका छन् । यता क्याम्पसका प्रमुख भीमप्रसाद लामिछानेका अनुसार शुल्क संयोजन उपसमितिको निर्णय अनुसार नया भर्ना हुने विधार्थीहरुको हकमा २५ प्रतिशित वृद्धि भएको उल्लेख गरे गर्दै उनले भने - ' चाडपर्वको कारण विधार्थी संगठनहरुसंग बैठक बस्न नसकेको हो, यद्यपी शुल्क वृद्धिको विषयमा मौखिक सहमति भएको थियो ।' कक्षा संचालन नियमित रुपमा भएको उनले दावी गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments