Incident Reports

Normal life in Arghakhanchi affected due to shutdown

2016-11-30

Lumbini, Arghakhanchi, Sandhikharka

An indefinite district-wide general strike has been called in Arghakhanchi district in protest against the government's registration of the constitution amendment bill in parliament, with changes to the province borders. Various organizations based in the district called for the district-wide shutdown today under the leadership of the Arghakhanchi District Chamber of Commerce and Industry. As per the provision in the constitution amendment bill, Arghakhanchi District has been split and part of it placed under Province No 4. Before this, the district was placed under Province No 5. The organizations and local political parties are not happy with this decision, District Chamber of Commerce president Krishna Prasad Shrestha said. All the educational institutions, factories, market and transport are closed since the morning today. College students could be seen returning home after the halt in classes. CPN-UML district president Chet Narayan Acharya said all the political parties in the district have supported the general strike as the splitting of the district is a matter of concern for all. Although the banda organizers are not forcing the closure, the businessmen and transport entrepreneurs are voluntarily supporting it, he said. RSS मंसिर १५, २०७३- ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघले बन्द गरेको हो । बिहानैदेखि छोटो तथा लामो दुरीमा चल्ने गाडी ठप्प छन । पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द भएका छन् । संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जनताको भावना विपरित सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई ४ नम्बर प्रदेशमा राखेकाले प्रस्ताव फिर्ता नलिएसम्म बन्द जारी रहने बताए । ‘अहिले अर्घाखाँची पुरै ठप्प छ,’ उनले भने, ‘प्रस्तावमा पहाड र तराईका जिल्ला छुट्याउने प्रस्ताव फिर्ता हुनुपर्छ । यो जनताको मर्म र भावना विपरित छ । यसले हित गर्दैन ।’ बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिए विरोध प्रदर्शन गरेका छन् । बलिनाद दिन तयार छौं : नेताहरु प्रदेश नटुक्र्याउन भन्ने सल्लाह दिँदादिँदै सरकारले जनताको विरुद्धमा ५ नम्बर प्रदेश टुक्राएर विधेयक प्रस्ताव दर्ता गरेकोमा अर्घाखाँचीका सबै राजनीतिक दल विरोधमा उत्रिएका छन् । ‘नियोजित तरिकाले टुक्राइएको छ,’ एमाले अध्यक्ष चेतनारायण आचार्यले टेलिफोनमा भने, ‘सरकारले तत्काल फिर्ता लिनुपर्छ । आन्दोलन अब सुरु भयो । फिर्ता नलिएसम्म विरोध जारी रहन्छ । म बलिदान दिन पनि तयार छु । तर, टुक्रिन दिन्नँ । गाउँबाट जनता सडकमा उतार्छौं । आन्दोलनको आँधिबेहेरी ल्याउँछौ ।’ सरकारले जनताको विरुद्धमा गरेको निर्णय उल्टाउने उनले बताए । प्रदेश नम्बर ५ मा मात्रै होइन अब देशभरी आन्दोलन हुने र सडक र सदनबाट प्रस्ताव पास हुन नदिने भन्ने केन्द्रीय नेताहरुसँग कुरा भएकाले आन्दोलन कसरी गर्ने भन्नेबारेमा तयारी र छलफल भइरहेको उनले बताए । सत्तारुढ दल कांग्रेसका अर्घाखाँची सभापति विष्णु मुस्कानले पनि प्रस्ताव दर्ताको विरोध गरे । ‘आजबाट आन्दोलन सुरु भयो,’ उनले भने, ‘सन्धिखर्कमा सबै दलबीच बैठक बस्दैछौं । छलफल गरेर निर्णायक आन्दोलनका कार्यक्रम सार्वजनिक गछौं ।’ सरकारले गलत निर्णय गरेको उनले बताए । तत्काल फिर्ता लिएर जनताको पक्षमा सरकार उभिनुपर्ने उनको भनाई छ । फिर्ता नलिएसम्म आन्दोलन नरोकिने उनले बताए । मओवादी केन्द्रका अर्घाखाँची इन्चार्ज एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘उज्ज्वल’ ले मंगलबार भएको पोलिटब्युरो बैठकमा आफूले ५ नम्बर प्रदेश टुक्र्याउन नहुने मत राखेको बताए । ‘लुम्बिनीका पहाडी जिल्ला टुक्र्याउनु बेठीक हो,’ उनले भने, ‘पाटी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णयमा पार्टी विरोधमा जाने कुरा भएन । तर, यो निर्णयले राम्रो गर्दैन ।’ जनताको असन्तुष्टीले आन्दोलन भएको छ । सरकारले फिर्ता लिनु उचित हुने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis