Incident Reports

संविधान संशोधन प्रतावको विरोधमा नुवाकोटमा प्रदर्शन

2016-12-02

Bagmati, Nuwakot, Bidur

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै नुवाकोटमा विद्यार्थीले प्रद्रर्शन गरेका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटको सदरमुकाम विदुरमा विरोध प्रदर्शन गरेको हो । आदर्श बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुसले सरकार विरोधी नारा लगाउदै प्रदर्शन गरेको छ । सबै प्रदर्शनकारीले नेपाली झण्डा बोकेर संविधान संशोधन प्रस्तावको विरोध गरे । सदरमुकामको वट्टार, संगमचोक, मदननगर, शैन्य तालिम केन्द्र हुँदै प्रदर्शनकारी विदुर चोकको कोण सभामा सहभागी भएका थिए । जुलुसको नेतृत्व अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णु दाहालले गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनले सरकारले देश टुक्राउने नियतसहित संविधान संसोधन प्रस्ताव दर्ता गरेकाले तत्काल फिर्ता हुनुपर्ने बताए । प्रदर्शनमा अनेरास्ववियुका पदाधिकारी तथा सदस्यले स्वाभिमानी नेपालीका लागि संविधान संसोधन प्रस्ताव स्वीकार्य नभएको कारण विरोध गरिएको बताए। भारतको इसारामा संशोधन प्रस्ताव आएको र यसले देश टुक्रन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis