Incident Reports

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

2016-12-01

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ । कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको पीडितले बताइन् । पीडितले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा मङ्सिर १६ गते उजुरी दिएकी हुन् । प्रहरीले आरोपितद्वयलाई मङ्सिर १६ गते नै गिरफ्तार गरी मङ्सिर १७ गते प्रहरी चौकीमा उपस्थित हुने शर्तमा रिहा गरेको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए । प्रहरी चौकी त्रिपुराकोटमा मङ्सिर १७ गते दुवै पक्षलाई झिकाएर छलफल गराउँदा सुन्तली र जङ्गेले गल्ती स्वीकार गर्दै ‘आइन्दा यस्तो आरोप लगाउने छैन’ भनी कागज गराई मिलापत्र गराएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Jumla

0 Comments